मोरङबाट खैरो हेरोइनसहित ८ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १३:२९
सुन पसलमा छिरेर पेस्तोल देखाउने लुटेरा पक्राउ 

विराटनगर । मोरङबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित सोमबार र आइतबार ८ जना पक्राउ परेका छन् । रंगेली र कानेपोखरीबाट ४–४ जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले सोमबार अपरान्ह ४ बजेतिर रंगेली नगरपालिका–४ चोप्राहबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट को २८ प ९०९३ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका चालक बेलबारी नगरपालिका–६ का २१ वर्षीय समीर राई र पछाडि सवार बेलबारी–४ का ३४ वर्षीय शक्ति राई पक्राउ परेका छन् ।

Advertisement

उनीहरु सवार मोटरसाइकल रोकेर चेकजाँच गर्दा पछाडि सवार शक्तिले मलद्वारमा लुकाइछिपाइ ल्याएको कालो रङको प्लाष्टिकको पोका फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त प्लाष्टिकको पोकाबाट २० ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

बरामद भएको लागुऔषध र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

त्यस्तै, रंगेली–४ चोप्राहबाट सोमबार साँझ नै खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । भारतबाट पैदल नै नेपालतर्फ आउँदै गरेका रंगेली–७ का २५ वर्षीय कार्तिककुमार मण्डललाई प्रहरीले साँझ ६ बजेतिर पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले मण्डलको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको छ । प्रहरीका अनुसार उनले लगाएको पाइन्टको दाहिने गोजीमा कालो रंगको प्लाष्टिकमा पोको पारेर राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको हो ।

त्यस्तै, रंगेली–४ चोप्राहबाटै सोमबार साँझ अर्का व्यक्ति पनि पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का २९ वर्षीय मुकेश महतोलाई साँझ ६ः१५ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट पैदल नै नेपालतर्फ आउँदै गरेका महतोलाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथबाट ७ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ । उनीविरुद्ध पनि लागुऔषध ऐनअन्तगर्तको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

त्यस्तै, मोरङको कानेपोखरी गाउँपालिका–६ शिवशक्ति चोकबाट आइतबार राति ४ जना पक्राउ परेका छन् । प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले कानेपोखरी–६ का २० वर्षीय प्रज्वल राई, १८ वर्षीय अन्जन जिमी, २६ वर्षीय लोकेश घले र १८ वर्षीय राज विकलाई राति १० बजेतिर पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा देउवा–सिटौला समूहको भेला : केदार कार्की गए, सभापति थापा देखिएनन्
अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, सनाखत हुन बाँकी
रास्वपामाथि बादलको प्रहार : ‘अध्यादेशमार्फत न्यायतन्त्रमा कब्जा गर्ने दाउ’
संकटमा सेलाइन उद्योग : उत्पादन ठप्प हुने खतरा, अभावको जोखिम
सेनाद्वारा च्याम्ताङ-घोङ्गप्पा सडक हस्तान्तरण, उत्तर-दक्षिण व्यापारमा सहज हुने
विकल्पविहीन उठिबासको विरोधमा भूमिहीन काठमाडौंमा, रास्वपालाई बुझाए १२ बुँदे माग
५८ सांसदले बुझाए सम्पत्ति विवरण, जेठ १० भित्र बुझाउनुपर्ने
अनलाइन सञ्चारमाध्यम नियमन गर्न सरकारलाई आयोगको निर्देशन
मोरङ र सुनसरीमा ‘बाइक चोर्ने बालबालिकाको नेटवर्क’, ४ जना पक्राउ
अर्घाखाँचीमा बस दुर्घटना : २४ जना घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.