धरानबाट एम्बुलेन्स नियन्त्रणमा, ४४० किलो गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १३:४६

सुनसरी । सुनसरीको धरानबाट ठूलो परिमाणमा गाँजा लोड गरिएको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएएको छ । एम्बुलेन्सबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट सोमबार राति खटिएको टोलीले धरान उपमहानगरालिका–१३ मा सवारीसाधन चेकजाँच गर्ने क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्सलाई रोकेको थियो । त्यस क्रममा एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।

Advertisement

प्रहरीका अनुसार एम्बुलेन्सभित्र प्लास्टिकको बोरामा प्याक गरेर राखिएको अवस्थामा ४ सय ४० किलो गाँजा फेला परेको थियो । गाँजा बरामद गरिए पनि एम्बुलेन्सका चालक र ओसारपसारमा संलग्नहरु फरार भएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए ।

उनले एम्बुलेन्स चालक र अन्य व्यक्तिहरुको खोजी भइरहेको जानकारी दिए । गाँजा ओसारपसारमा प्रयोग गरिएको एम्बुलेन्स बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रा.लिद्वारा सञ्चालित रहेको प्रहरीले जनाएको छ ।

गाँजासहित नियन्त्रणमा लिइएको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.