चिनी निर्यातमा प्रतिबन्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार ०६:४९

एजेन्सी । भारत सरकारले चिनी निर्यातमा कडा प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो तथा प्रशोधित सबै प्रकारका चिनीको निर्यात आगामी ३० सेप्टेम्बर २०२६ सम्मका लागि रोकिएको हो ।

अर्को आदेश जारी नभएसम्म यो निर्णय कायम रहने जनाइएको छ । भारतले यसअघि ‘प्रतिबन्धित’ श्रेणीमा राखिएको चिनी निर्यातलाई अब ‘निषेधित’ श्रेणीमा राखेको छ ।

Advertisement

सरकारका अनुसार आन्तरिक बजारमा चिनीको पर्याप्त मौज्दात कायम राख्न, उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तथा मूल्यवृद्धि नियन्त्रण गर्न यस्तो कदम चालिएको हो । भारत विश्वकै प्रमुख चिनी उत्पादक तथा निर्यातकर्ता राष्ट्रमध्ये एक भएकाले यो निर्णयले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ ।

विशेषगरी भारतबाट चिनी आयात गर्ने दक्षिण एसियाली मुलुकहरूमा यसको असर देखिन सक्ने बताइएको छ । यद्यपि, युरोपेली संघ र अमेरिकातर्फ तोकिएको कोटाअन्तर्गत हुने निर्यातमा भने प्रतिबन्ध लागू नहुने स्पष्ट गरिएको छ ।

त्यस्तै, अग्रिम अनुमति योजनाअन्तर्गत हुने निर्यात प्रक्रिया पनि हालकै व्यवस्थाअनुसार सञ्चालन हुने जनाइएको छ । भारत सरकारले यो निर्णय तत्काल लागू भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
 गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन
गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
पूर्वगृहमन्त्री गुरुङलाई चोख्याउन छानबिन समिति गठन गरिएको कांग्रेसको आशंका
यो वर्ष मनसुनजन्य विपदबाट सवा २ लाख जनसंख्या प्रभावित हुने
जेनजी आन्दोलनका अगुवाहरूद्वारा संविधान संशोधन सम्बन्धी छलफल बहिष्कार
सुनको मूल्य तोलामा ४ हजारले घट्यो, चाँदी पनि सस्तियो
अनौपचारिक शिक्षाको तथ्याङ्क पनि अब ‘इमिस’ प्रणालीमा
गुप्तचर विभाग पुनः प्रधानमन्त्री कार्यालय मातहत
पुनः श्रम स्वीकृति पूर्ण स्वचालित बनाइँदै, ७ देशसँग नयाँ श्रम सम्झौताको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.