
काठमाडौं । इरानको अधिनमा रहेको स्टेट अफ होर्मुज जलमार्ग खुला राख्न अमेरिका र चीनले सहमति गरेका छन् । ह्वाइट हाउसका एक अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन यात्राका क्रममा जलमार्ग खुला राख्ने सहमति भएको हो ।
यसअघि अमेरिकी अधिकारीहरूले इरानमाथि दबाब बढाउन चीनलाई सार्वजनिक रूपमा आग्रह गरेका थिए । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेदेखि यो सामरिक जलमार्ग प्रायः बन्द अवस्थामा रहेको छ।
ह्वाइट हाउसका अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई बताए अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले यस जलसन्धिको सैन्यीकरण र यसको प्रयोग बापत शुल्क लिने कुनै पनि प्रयासको विरुद्धमा चीन रहेको स्पष्ट पारेका छन् ।



















