विश्वकप लिग-२ : अमेरिका १९५ रनमा अलआउट, नेपालले पायो १९६ रनको लक्ष्य

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २, शनिबार १३:२५

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु सिरिजमा नेपालले अमेरिकाविरुद्ध जितका लागि १९६ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटियो।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रनको योगदान दिए। उनले ८९ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे। स्मितले शेहान जयसुरियासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए। शेहान ५२ बलमा ५० रन बनाएर आउट भए। यो खतरनाक बन्दै गएको शतकीय साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ब्रेक लगाएका थिए।

एक समय १२२ रन जोड्दा मात्र एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने नेपाली बलरहरूको धारिलो बलिङसामु लगातार विकेट गुमाउन पुग्यो। नेपाली बलरहरू हाबी भएपछि अमेरिकी ब्याटरले ठुलो साझेदारी कतै पनि बनाउन सकेनन्। अमेरिकाका मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन जोड्नुबाहेक अन्य ब्याटर सस्तैमा समेटिए। कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १ तथा मोहम्मद मोहसिन र नोसथुस केन्जिगे शून्य रनमा आउट भए। शौरभ नेत्रभाल्कर शून्य रनमा अविजित रहे।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। त्यस्तै सोमपाल कामीले २ विकेट झारे भने सन्दीप लामिछाने र गुल्सन झाले समान एक/एक विकेट आफ्नो नाममा गरे।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×