
काठमाडौं । कञ्चनपुरमा एक ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।
बेलौरी नगरपालिका–४ बुटाबारीका ६० वर्षीय देवसिंह बोहरालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो।
५४ वर्षीया महिलालाई बोहराले जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बोहरामाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















