सर्वाेच्चका कर्मचारी खोज्न बारले लालटिन बाल्ने !

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १८:४०

काठमाडौं । सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको विवादको विरोधमा कानुन व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् ।

नेपाल बार एसोसिसनको कार्यसमितिको बैठकले अदालतका कर्मचारीको खोजीमा सांकेतिक रुपमा लालटिन बालेर प्रदर्शन गर्ने भएको हो ।

Advertisement

संवैधानिक परिषद्ले गरेको प्रधान न्यायाधीशको सिफारिसविरुद्ध सर्वाेच्च अदालतले रिट दर्ता गर्न मानेको थिएन् । सोमबार कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधानले रिट दर्ता गर्न आदेश दिइन् ।

संवैधानिक परिषद्काे सिफारिसविरुद्धका रिटहरू दर्ता नगरी ‘होल्ड’ मा राखेर न्यायको बाटो अवरोध गरेको भन्दै  उनले साेमबार १ बजेभित्र सबै निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् । तर,सर्वोच्च अदालतको प्रशासनका कर्मचारी भने कार्यकक्ष छाडेर हिडेका थिए । मुख्य रजिष्ट्रार विमल पौडेल र रजिष्ट्रार मानबहादुर कार्की सर्वोच्चबाट बाहिरिएपछि दरपिठ विरुद्धको निवेदन दर्ता भएन ।

अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा बारले लालटिन बाल्ने निर्णय गरेको हो ।

नेपाल बारका अध्यक्ष डा विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालिनेछ । ‘अदालतमा न्यायको खोजी गर्न जाँदा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले कहाँ न्याय पाउने ? न्याय खोज्न कहाँ जाने ?’ उनले भने ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×