
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटीएफ) अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । ग्रान्ड मास्टर डा. राजेन्द्र बलानको उपस्थितिमा भएको ग्रेडिङबाट ४ जना छैटौँ तथा ५ जना पाँचौँ डानमा पदोन्नति भएको महासंघले जनाएको छ ।
घमबहादुर थापा मगर, निर्मला गुरुङ, चतुरलाल चौधरी र राजेन्द्र धिमाल छैटौँ डानमा पदोन्नति भए । अन्जना सिवाकोटी, चाउची डंगोल, होम सुनार, वीरेन्द्रजंग शाही र बबिता राजथला पाँचौँ डान बने ।



















