न्यायको खोजीमा लालटिन बालेर प्रदर्शन गर्दै नेपाल बार

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार १०:२२
न्यायको खोजीमा लालटिन बालेर प्रदर्शन गर्दै नेपाल बार

काठमाडौं । सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रम र न्याय सम्पादनमा देखिएको अवरोधप्रति विरोध जनाउँदै नेपाल बार एसोसिएसनले मंगलबार (आज) सांकेतिक रूपमा ‘लालटिन’ बालेर प्रदर्शन गर्ने भएको छ।

अदालतमा दर्ता हुन आउने रिट निवेदनहरू दर्ता नै नहुने परिस्थिति निर्माण भएको भन्दै बारले त्यसको विरोधमा प्रदर्शन गर्न लागेको हो ।  गत आइतबार बसेको बारको आकस्मिक बैठकले न्यायको खोजीका लागि सांकेतिक रूपमा लालटिन बाल्ने निर्णय गरेको थियो ।

Advertisement

नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्रांगणमा भेला भई लालटिन बालिने छ। उनले अदालतको ढोका न्यायका लागि सधैँ खुला हुनुपर्नेमा रिट दर्ता नै नहुने अवस्था आउनु दुःखद भएको बताए।

अदालतमा न्यायको खोजी गर्न जाँदा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले कहाँ न्याय पाउने ? न्याय खोज्न कहाँ जाने ?’ अध्यक्ष मिश्रले प्रश्न गरे।

सर्वोच्च अदालत प्रशासनले कतिपय गम्भीर विषयका रिटहरू दरपिठ (दर्ता गर्न अस्वीकार) गर्ने गरेको र न्यायमा पहुँच कठिन हुँदै गएको भन्दै कानुन व्यवसायीहरू आन्दोलित भएका हुन् ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×