दुर्गा प्रसाईंविरुद्ध सुरु भयो अनुसन्धान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार १७:०१

वीरगन्ज । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो । प्रसाईंलाई सोमबार साँझ वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement

प्रहरीका अनुसार विभिन्न जातजाति र समुदायबीचको सम्बन्धमा असर पुग्ने तथा सरकारप्रति घृणा र द्वेष फैलाउने खालका अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

सोमबार बेलुकी वडा प्रहरी कार्यालय विर्ताबाट इन्स्पेक्टर विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । प्रसाईं पक्राउ परेपछि उनका समर्थकहरूले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो । पक्राउअघि प्रसाईंले वीरगन्जमै पत्रकार सम्मेलन गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.