रुबी खान र सरकारबीच ५ बुँदे सहमति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १७:१५
रुबी खान र सरकारबीच ५ बुँदे सहमति, २३ औँ दिनमा अनसन तोडियो

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनामा निष्पक्ष अनुसन्धान र न्यायको माग गर्दै २३ दिनदेखि अनसनरत अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छन् ।
सरकार र खान पक्षबीच ५ बुँदे सहमति भएपछि उनले बुधबार अनसन अन्त्य गरेकी हुन् ।

नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनसनरत खानलाई प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पानी खुवाएर अनसन तोडाएकी थिइन् । सहमति पत्रमा गृह मन्त्रालयका तर्फबाट सहसचिव र रुबी खानले हस्ताक्षर गरेका छन् ।

Advertisement

खानसँग वार्ताका लागि सरकारले उच्चस्तरीय टोली खटाएको थियो । उक्त टोलीमा गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्ले, प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र प्रधानमन्त्रीका विज्ञ दीपा दाहाल सहभागी थिए ।

सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाको हालसम्म भएका अनुसन्धानहरूको गहन अध्ययन गरिने छ। सो अध्ययनका आधारमा मुद्दालाई यथाशीघ्र कानुनी एवं न्यायिक प्रक्रियामा लैजाने सरकारले प्रतिबद्धता जनाएको छ।

अनसन तोडेपछि संक्षिप्त प्रतिक्रिया दिँदै रुबी खानले प्रधानमन्त्री र सरकारी वार्ता टोलीप्रति कृतज्ञता व्यक्त गरिन् । उनले यो सहमतिले निर्मला कुर्मीको न्यायका लागि ठोस आधार तय गरेको र अब छिट्टै सत्य तथ्य बाहिर आउने विश्वास व्यक्त गरिन् ।

लामो समयदेखि न्यायका लागि सडक र अनसनमार्फत दबाब दिँदै आएकी खान र सरकारबीचको यो सहमतिसँगै निर्मला कुर्मी प्रकरणको अनुसन्धानले नयाँ गति लिने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
अन्जनीकुमार पोखरेल एआईजी बन्दै : सशस्त्रका ‘एक्सन अफिसर’, सीमादेखि विपद्सम्म सफल
कचनकवलमा आगलागी : दुई घर जल्यो, १७ लाख बराबरको क्षति
रुबी खान र सरकारबीच ५ बुँदे सहमति, २३ औँ दिनमा अनसन तोडियो
रुबी खान र सरकारबीच ५ बुँदे सहमति
बुद्ध एयरको दुर्घटनाग्रस्त जहाज १० दिनभित्र हटाइने 
बुद्ध एयरको दुर्घटनाग्रस्त जहाज १० दिनभित्र हटाइने 
फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा छैटौँ पटक सगरमाथाको सफल आरोहण
फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा छैटौँ पटक सगरमाथाको सफल आरोहण
दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोप २ युवा पक्राउ
दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोप २ युवा पक्राउ
बेइजिङमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
झापामा घाइते अवस्थामा भेटिएको जंगली साँढे गोरुको मृत्यु
अदालतको अपहेलना मुद्दामा युट्युबरलाई जेल सजाय
विराटनगरबाट भन्सार छलीको प्रोटिन पाउडर बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.