मामाद्वारा भान्जीमाथि खुकुरी प्रहार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार १९:२५
मामाद्वारा भान्जीमाथि खुकुरी प्रहार

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–२ संगम टोलमा बिहीबार बिहान एक महिलामाथि खुकुरी प्रहार भएको छ । आफ्नै मामाको खुकुरी प्रहारबाट २९ वर्षीया स्थानीय सुमा राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय रवीन्द्र पौडेलको घरको आँगनमा बिहान १०ः३० बजेतिर ४३ वर्षीय विनोद राईले सुमामाथि खुकुरी प्रहार गरेका हुन् । आक्रमणकारी विनोद र घाइते सुमा नाताले मामा–भान्जी हुन् ।

Advertisement

खुकुरी प्रहारबाट सुमाको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पुर्‍याइएको थियो । त्यहाँ प्रारम्भिक उपचार गरिए पनि अवस्था चिन्ताजनक देखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न विनोद राईलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । किन विनोदले खुकुरी प्रहार गरेको भन्ने खुलेको छैन । थप अनुसन्धानपछि विस्तृत कुरा आउने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.