हलमा ‘काजी’ र ‘मितज्यू’ को भिडन्त 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार ०७:५४
हलमा ‘काजी’ र ‘मितज्यू’ को भिडन्त 

काठमाडौं । नेपाली फिल्म प्रेमीहरूका लागि यो साताको शुक्रबार विशेष बनेको छ । आजदेखि देशभरका सिनेमा हलहरूमा दुई बहुप्रतिक्षित नेपाली फिल्म ‘काजी’ र ‘मितज्यू’ एकसाथ प्रदर्शनमा आएका छन् । फरक कथावस्तु र फरक स्वाद बोकेका यी दुवै फिल्मले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।

निर्देशक लक्ष्मण रिजालको निर्देशनमा तयार भएको ‘काजी’ विशुद्ध प्रेम कथामा आधारित फिल्म हो । यस फिल्ममा अभिनेता विपिन कार्की र प्रतिभाशाली अभिनेत्री केकी अधिकारीको जोडी मुख्य आकर्षणका रूपमा रहेका छन् ।

काजी र कजिनीको सम्बन्ध, मानवीय संवेदना र सामाजिक परिवेशलाई केन्द्रमा राखेर बनाइएको फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, विशाल पहारी र हेमन्त बुढाथोकी लगायतका कलाकारको अभिनय छ । प्रदीप भारद्वाजको कथा रहेको यस फिल्मलाई सेन्सर बोर्डले ‘युनिभर्सल सर्टिफिकेट’ दिएको छ, जसको अर्थ यो फिल्म सपरिवार बसेर हेर्न सकिन्छ । फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

अर्कोतर्फ, ग्रामीण जीवन र मित्रताको गहिरो सम्बन्ध बोकेको फिल्म ‘मितज्यू’ पनि आजैबाट प्रदर्शनमा आएको छ । अनिल बुढा मगर निर्देशित यस फिल्ममा नेपाली फिल्मका ढुकढुकी मानिने दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका छ ।

यस फिल्ममार्फत चर्चित डान्सर टेरिया फौजा मगरले नेपाली रजतपटमा डेब्यु गरेकी छिन्, जसका कारण पनि दर्शकमाझ थप कौतूहल छ । फिल्मका ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ जस्ता गीतहरू सामाजिक सञ्जालमा पहिले नै हिट भइसकेकाले फिल्मले युवा दर्शकको राम्रो साथ पाउने देखिएको छ । शिशिर विशंखेको छायांकन र श्रीकृष्ण बम मल्लको संगीत रहेको यो फिल्मले पनि ‘युनिभर्सल सर्टिफिकेट’ नै पाएको छ ।

एकातिर विपिन र केकीको जोडी अनि अर्कोतिर दयाहाङ र सौगातको सदावहार जोडी । दुवै फिल्म पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित रहेकाले यति बेला फिल्म वृत्तमा कुन फिल्मले बाजी मार्ने हो भन्ने चर्चा सुरु भएको छ ।

‘काजी’ लाई श्रीराम बालाजी फिल्मस् र ‘मितज्यू’ लाई आरआर  फिल्मस् ले देशभर वितरण गरेका छन् । लामो समयपछि दुई ठुला ब्यानर र नाम चलेका कलाकारका फिल्महरू जुध्दा यसले समग्र नेपाली चलचित्रको बजारलाई चलायमान बनाउने आशा गरिएको छ ।

तपाइको प्रतिक्रिया
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन
बूढानीलकण्ठमा सभापति र प्रधानमन्त्रीबीच ४ घण्टा वान टु वान छलफल
आफैंलाई आगो लगाएका गणेश नेपालको मृत्यु
सरकार र गणेश नेपालीकाे परिवारबीच ९ बुँदे सहमति
पशु हाटकाे खाल्डाेमा डुबेर एकै परिवारका तीन जनाकाे मृत्यु
पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु
औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय
औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
विराटनगरमा प्रदर्शनी स्थल र अमडुवामा औद्योगिक ग्राम बनाउन दौडधुप 
विराटनगरमा प्रदर्शनी स्थल र अमडुवामा औद्योगिक ग्राम बनाउन दौडधुप 
विमानस्थलमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले घर पुर्याएर छाड्याे
मिटरव्याज पीडितकाे मधेशबाट काठमाडाैं पैदलयात्रा : चाैथाे दिन पनि जारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.