क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार ०९:३१
क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्य एवं प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाउने निर्णय गरेको छ। जेठ ११ गते राखेपले लामालाई एक पत्र काट्दै संघको सदस्य पदबाट फिर्ता बोलाइएको औपचारिक जानकारी दिएको हो।

राखेपले यस निर्णयलाई तत्काल कार्यान्वयन गरी त्यसको जानकारी गराउन क्यानलाई समेत निर्देशन दिएको छ। नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २, दफा ३ को उपदफा (४) अनुसार राखेपलाई संघको पदेन सदस्यका रूपमा प्रतिनिधि मनोनयन गर्ने अधिकार छ। सोही अधिकार प्रयोग गर्दै राखेपले लामालाई फिर्ता बोलाएको हो ।

लामालाई राखेपले २०८० साल चैतमा क्यानको सदस्यमा मनोनयन गरेको थियो । मनोनयन भएको छोटो अवधिमै उनलाई फिर्ता बोलाउने राखेपको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

क्यानको वर्तमान नयाँ कार्यसमितिले लामालाई प्रवक्ताको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको थियो । लामा यसअघिको कार्यसमितिमा पनि राखेपको तर्फबाटै सदस्यका रूपमा कार्यरत थिए । खेलकुद प्रशासन र क्रिकेट व्यवस्थापनमा लामो अनुभव भएका लामालाई फिर्ता बोलाएपछि अब उनको स्थानमा कसलाई पठाइनेछ भन्ने विषयमा राखेपले कुनै खुलाए

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×