महानगरपालिकाका मेयरसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १९:२९
महानगरपालिकाका मेयरसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारीमेयर राजेशमान सिंह

वीरगन्ज । जिल्ला अदालत पर्साले लिखित सम्बन्धी कसुर (किर्ते) मुद्दामा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सरकारी वकिल कार्यालयले गत जेठ १ गते मेयर सिंहसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेपछि अदालतले पक्राउका लागि अनुमति दिएको हो । लिखित सम्बन्धी कसुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखित किर्ते गरेको अभियोगमा उनीहरूमाथि मुद्दा चलाइएको हो ।

Advertisement

उक्त कानुनी व्यवस्था अनुसार कसुर पुष्टि भएमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने माग दाबीसहित ३५ दिने पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतले जनाएको छ ।

पक्राउ पुर्जी जारी हुनेहरूमा मेयर राजेशमान सिंह, महानगरका पञ्जिकरण अधिकारी भिखारी रायसहित चार जना रहेको प्रहरीले जनाएको छ ।

यो मुद्दा सरकारी कागजात किर्ते गरी काम गरेको विषयसँग सम्बन्धित रहेको बताइएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूको खोजी र थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने बताएको छ ।

तपाइको प्रतिक्रिया
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.