मिल्स गोल्डकपः इनरुवालाई हराउँदै विराटनगर सेमिफाइनलमा

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार २०:०६
मिल्स गोल्डकपः इनरुवालाई हराउँदै विराटनगर सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी छैटौँ  मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
विराटनगर रानीको लालीगुराँस स्पोर्टिङ क्लब पुगेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा विराटनगरले सुनसरीको इनरुवा फुटबल क्लबलाई ५–१ को फराकिलो गोल फरकमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

विराटनगरका सञ्जय लिम्बू र पूजन चौधरीले समान २–२ गोल गरे भने असिम राईले एक गोल गरेका थिए भने इनरुवाका लागि एक मात्र गोल मणि मगरले गरे ।

खेलको २९ औँ मिनेटमा पूजन चौधरीले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए । ३७ औँ मिनेटमा विराटनगरका खेलाडीले डिबक्सभित्र मणि गुरुङलाई लडाएपछि इनरुवाले पाएको पेनाल्टीको अवसर गोल गर्दै खेललाई बराबरी पारे ।

५१ औँ मिनेटमा असिम राईले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पुर्‍याए । त्यसको दुई मिनेट लगत्तै सञ्जय लिम्बूले गोल गरेपछि विराटनगर ३–१ को  स्थितिमा पुग्यो । ५५ औँ मिनेटमा पूजन चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ गोलको अग्रता दिलाए । ६० औँ मिनेटमा सञ्जय लिम्बूले अर्को गोल थपेपछि विराटनगरले ५–१ को गोल अन्तरमा जित निकाल्यो ।

खेलको प्लेयर अफ द म्याच सञ्जय लिम्बूले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल विराटनगरको टीडब्लुवाइसी फुटबल क्लब र उदयपुरको ब्रदरहुड फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×