गोला प्रक्रिया फेरबदलकाे तयारी छैन : सर्वाेच्च अदालत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १५:०४

काठमाडौं । सर्वोच्च अदालतले इजलास र मुद्दा छनौट गर्न अपनाइएको गोला प्रक्रिया फेरबदल गर्ने तयारी नभएको स्पष्ट पारेको छ । नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि गोला प्रणाली फेरेर प्रधानन्यायाधीशले नै इजलास तोक्ने तयारी भएको हल्ला चलेपछि सर्वाेच्चले यस्ताे बताएकाे हाे ।

बुधबार विज्ञप्ती जारी गर्दै सर्वाेच्चले  केही वर्षदेखि लागु भएकाे गाेलाप्रथाकाे नियम परिवर्तन गर्ने तयारी नभएकाे बताएकाे हाे । ‘दैनिक पेसी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल भएको छैन,’ सर्वोच्चले भनेकाे छ ।

Advertisement

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध कानुन व्यवसायीहरूले आन्दोलन थालेदेखि सर्वोच्च अदालतले गोला प्रणालीबाट न्यायाधीश छनौट गर्दैआएको छ । जसमा बिहान गोला तानेर न्यायाधीशहरूको इजलास छनौट गरिन्छ, भने त्यसपछि उनीहरूले हेर्नुपर्ने मुद्दाको सूची बाँडिन्छ । सर्वाेच्चसँगै उच्च, विशेष र जिल्ला अदालतहरूमा समेत गोला तानेर नै मुद्दाको सुनुवाइ गर्ने अभ्यास चलिरहेको छ ।

तपाइको प्रतिक्रिया
सुनसरीमा तनाव बढेपछि दुई गाउँपालिकामा निषेध आदेश
देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
यस्तो छ विदेशी मुद्राको विनिमयदर
कप्तानगन्ज हिंसापछि सुनसरीका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु : एकको मृत्यु, २२ जना घाइते
सुनसरीमा झडप : यी हुन् घाइते
कप्तानगन्जमा प्रहरीकाे गाेली लागेर मृत्यु भएका युवकको पहिचान खुल्याे
कप्तानगन्ज घटना अपडेट : प्रहरीकाे गाेली लागेर घाइते हुनेकाे संख्या ९ पुग्याे
सुनसरीकाे कप्तानगन्ज तनावग्रस्त : प्रहरीको गाेली लागेर एक जनाकाे मृत्यु, दुई जना घाइते
स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ
मोरङमा मोहीको नाम लुकाएर जग्गा कारोबार, २४ घण्टामै १ करोड ३० लाख ऋण प्रवाह !
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×