मिल्स गोल्डकपको उपाधिका लागि विराटनगर र पुलिस खेल्दै 

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १४, बिहीबार २१:३२
मिल्स गोल्डकपको उपाधिका लागि विराटनगर र पुलिस खेल्दै 

विराटनगर । विराटनगरमा जारी छैटौँ  मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर पुगेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रस्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा विराटनगरको कोशी प्रदेश प्रहरी कार्यालयले विराटनगर रानीको लालीगुराँस फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलमा हराउँदै फाइनलमा पुगेको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

टाइब्रेकरमा पुलिसका सविन राई, नितेश लिम्बू, हेम तामाङ र संजय चौधरीले गोल गरे भने रमेश राजवंशीको प्रहार बाहिरिएको थियो । लालीगुराँसका तर्फबाट आशिष लावती र पुजन थापाले मात्र गोल गरे भने कैलाश बस्नेत प्रहार बाहिर जाँदा युवन राईको प्रहारलाई पुलिसका गोलकिपर सजिन चौधरीले बचाउ गरे ।

खेलको प्लेयर अफ द म्याच पुलिसका गोलकिपर सजिन चौधरीले २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको उपाधिका लागि शनिबार पुलिस र विराटनगरकै टीडब्लुसीवाईबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्ने छन् ।

 

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×