मुन्दुमी स्थल साल्पा–सिलिचुङ जोगाउन वृक्षरोपण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार १७:३५
पर्यटकीय गन्तव्य साल्पा–सिलिचुङ

विराटनगर । किराँती सभ्यताको उद्गमस्थल तथा प्रमुख पर्यटकीय गन्तव्य साल्पा–सिलिचुङ क्षेत्रको जैविक विविधता जोगाउन बृहत् पर्यावरण संरक्षण अभियान सुरु गरिएको छ। ‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा–सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले यो अभियान थालेको हो ।

अभियानअन्तर्गत पहिलो चरणमा धुपी, लालीगुराँस, चिमाल, गोब्रेसल्ला, लोकता र पत्लिंगालगायत विभिन्न प्रजातिका २ हजार ५ सय बिरुवा रोपिएका छन् । डढेलोका कारण नासिएका मुन्दुमी वनस्पतिहरूको पुनर्स्थापन गर्न र साल्पा पोखरीको पानीको मुहान संरक्षण गर्न वृक्षारोपण गरिएको समितिका कोषाध्यक्ष संगीता नाछिरिङ राईले जानकारी दिइन् । गत जेठ १० गतेदेखि सुरु भएको यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइएको छ।

Advertisement

खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको संगम स्थलमा रहेको यो क्षेत्र किराँतीहरूको धार्मिक तथा सांस्कृतिक केन्द्र हो । समितिका अध्यक्ष राजेन खिम्बु राईका अनुसार साल्पा–सिलिचुङलाई विश्वभरका किराँतीहरूलाई एकताको सूत्रमा बाँध्ने केन्द्रका रूपमा विकास गरिँदै छ । सोही लक्ष्यअनुरूप यहाँ किराँती पुर्खा ‘सुम्निमा–पारुहाङ र नछुङ (धामी)’ को भव्य प्रतिमासमेत स्थापना गरिएको छ ।

यस अभियानमा नेपालसहित बेलायत, हङकङ, अमेरिका, अस्ट्रेलिया र इजरायललगायतका देशमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरिरहेका छन् । सरकारले निर्धारण गरेका ‘१ सय पर्यटकीय गन्तव्य’ भित्र पर्ने मुन्दुम पदमार्ग यही क्षेत्रसम्म विस्तार गरिएको छ । समुद्री सतहबाट ४१५५ मिटर उचाइमा रहेको सिलिचुङ डाँडाबाट सगरमाथा, मकालु र कञ्चनजंघा लगायतका हिमशृङ्खला प्रस्ट देख्न सकिन्छ।

समितिले यस क्षेत्रको चौतर्फी विकासका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी काम अगाडि बढाएको छ । जसअन्तर्गत मुन्दुमी गेट, सङ्ग्रहालय, माङखिम र अन्य पर्यटकीय संरचनाहरू निर्माण गरिने छ ।

कचौरा आकारको साल्पा पोखरी ३६७२ मिटरमा वर्षको चार पटक ठुलो मेला लाग्ने गर्दछ। बिना मुहान र बिना निकासको यो पोखरीमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ। पछिल्लो समय प्रचारप्रसार र पदमार्गको विकाससँगै यहाँ होटेल तथा होमस्टे (घरबास) समेत विस्तार हुन थालेका छन्, जसले स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
लाइसेन्समा नयाँ अनलाइन प्रणाली, राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.