कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा   

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार २०:५४
कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा   

इटहरी ।  कोशी प्रदेश स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले शनिबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बोर्डका सदस्यसचिव विप्लव घोषले जेठ १७ र १८ गते इटहरीमा हुन लागेको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको सबै तयारी पूरा भएको बताए । उनले तयारीका लागि छोटो समय प्राप्त भए पनि प्रतियोगिता सम्पन्न गर्न बोर्डले सम्पूर्ण पहल गर्ने प्रस्ट्याए ।

प्रदेशको १४ जिल्लाका १ हजार ७ सय बढी खेलाडी, प्रशिक्षकहरू सहभागिता रहने छ । प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराँते, तेक्वान्दो, उसु लगायतको खेलमा प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगिता आयोजना गर्न करिब २ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताइएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले काठमाडौंमा हुने राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्डमा खेल्ने छन् ।

प्रदेश स्तरीय प्रतियोगिता सकिए काठमाडौंका लागि छनौट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नु पर्ने हुन्छ । तर, उनीहरूलाई बन्द प्रशिक्षणमा राख्ने समय पर्याप्त नहुँदा प्रदेशको लगानी र अपेक्षा अनुसार पदक ल्याउन कठिन हुने खेल विज्ञहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×