मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार २०:०५
 मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 

विराटनगर ।  छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरको टिडब्लुसिवाइ फुटबल क्लबले जितेको छ ।

विराटनगरस्थित जुट मिलको खेल मैदानमा भएको फाइनलमा टिडब्लुसिवाइले विराटनगरको कोशी प्रदेश प्रहरी कार्यालयलाई २–० गोलमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै टिडब्लुसिवाइले नगद २ लाख १ हजार १११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पुलिसले १ लाख १ हजार १११ रुपैयाँमा चित्त बुझायो ।

टिडब्लुसिवाइका लागि भुवन बस्नेत र अभिषेक लिम्बूले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४८ औँ मिनेटमा भुवनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले दोर्जे तामाङको पासलाई सदुपयोग गरे । खेलको ६६ औँ मिनेटमा अभिषेक लिम्बूले शानदार हेडमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले दोर्जे तामाङकै कर्नर प्रहारमा गोल गरेका थिए ।

दोस्रो हाफमा एक गोलले पछि परेपछि दबाबमा आएको पुलिसले गोलका केही राम्रा अवसर गुमायो । खेलको ५० औँ मिनेटमा पुलिसका नितेश लिम्बूको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो । लगत्तै सन्दीप लिम्बूको प्रहारलाई टिडब्लुसिवाइका गोलकिपर पूर्ण चाम्लिङले उत्कृष्ट बचाउ गरे । खेलको ५५ औँ मिनेटमा टिडब्लुसिवाइका अमृत मिश्रको कडा प्रहारलाई पुलिसका गोलकिपर सचिन चौधरीले विफल पारे ।

खेलको प्लेयर अफ द म्याच पुलिसका सुमित प्रधानले २ हजार  १ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको राइजिङ प्लेयर लालीगुराँस स्पोर्टिङ क्लबका अभि राम भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा टिडब्लुसिवाइका प्रवेश बस्नेत घोषित भए । उनले ४३ इन्चको टिभी पाए ।

अन्य विधातर्फ टिडब्लुसिवाइका पूर्ण चाम्लिङ उत्कृष्ट गोलकिपर, विरु गुरुङ उत्कृष्ट प्रशिक्षक र अमृत मिश्र सर्वाधिक गोलकर्ता भए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष द्वय वसन्त अर्याल, सन्तोषी श्रेष्ठ र मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोललगायतले पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×