इजरायलमाथि अमेरिकाको जासुसी आरोप

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार १२:५६

एजेन्सी । अमेरिका र इजरायलबीच इरानको विषयलाई लिएर तनाव बढिरहेका बेला इजरायलमाथि अमेरिकी अधिकारीहरूको जासुसी गरेको आरोप लागेको छ ।

अमेरिकी सञ्चारमाध्यम एनबीसी न्यूजका अनुसार पेन्टागनअन्तर्गतको डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए)ले इजरायलसँग सम्बन्धित काउन्टर–इन्टेलिजेन्स खतरा बढेको निष्कर्ष निकालेको छ । रिपोर्टअनुसार अमेरिकी अधिकारीहरूले इजरायलले ट्रम्प प्रशासनका आन्तरिक गतिविधि र संवेदनशील जानकारी संकलन गर्न खोजेको आशंका गरेका छन् ।

Advertisement

डीआईएले यसलाई गम्भीर सुरक्षा सतर्कताका रूपमा लिएको बताइएको छ । यद्यपि, इजरायलले भने सबै आरोप अस्वीकार गरेको छ । वासिङ्टनस्थित इजरायली दूतावासले आफूहरूले अमेरिकी अधिकारीमाथि जासुसी नगर्ने र आफ्ना गुप्तचर निकायले शत्रु देशमाथि निगरानी गर्ने दाबी गरेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार इजरायल भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारीहरूलाई पहिलेदेखि नै विशेष सावधानी अपनाउन निर्देशन दिइँदै आएको छ । उनीहरूले इजरायलमा रहँदा आफ्नो नियमित मोबाइल र ल्यापटप प्रयोग नगरी बर्नर फोन तथा विशेष कम्प्युटर प्रयोग गर्ने गरेका छन् । संवेदनशील विषयमा होटल वा निगरानी हुन सक्ने स्थानमा छलफल नगर्न पनि सचेत गराइन्छ ।

अमेरिकी सुरक्षा निकायहरूले इजरायली गुप्तचर संयन्त्रलाई सूचना संकलनमा आक्रामक मान्ने गरेका छन् । यद्यपि, खतरा स्तर बढाउनुपर्ने कुनै एउटै ठूलो घटना नभई विभिन्न घटनाक्रम र मूल्यांकनपछि यस्तो निर्णय लिइएको बताइएको छ ।

यो विवाद इरानलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच मतभेद बढिरहेका बेला सार्वजनिक भएको हो । ट्रम्प प्रशासन इरानसँग नयाँ सम्झौताको प्रयासमा रहेको छ भने नेतन्याहु इरानमाथि कडा दबाब जारी राख्नुपर्ने पक्षमा छन् । लेबनानमा हिजबुल्लाहविरुद्धको सैन्य अभियानलाई लिएर पनि दुई देशबीच मतभेद देखिएको छ ।

यसअघि पनि अमेरिका र इजरायलबीच जासुसीका विषयमा विवाद हुँदै आएका छन् । सन् १९८५ मा अमेरिकी नौसेनाका गुप्तचर कर्मचारी जोनाथन पोलार्डले गोप्य दस्तावेज इजरायललाई दिएको आरोपमा पक्राउ परेका थिए ।

त्यस्तै, सन् २०१९ मा ह्वाइट हाउस आसपास फेला परेका ‘स्टिङ्ग्रे’ उपकरणलाई लिएर पनि इजरायलमाथि आशंका गरिएको थियो । तर, इजरायलले ती सबै आरोप अस्वीकार गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
मधेस प्रदेशमा पहिलो पटक भेटियो नेपालको मात्र रैथाने चरा ‘काँडे भ्याकुर’
मधेस प्रदेशमा पहिलो पटक भेटियो नेपालको मात्र रैथाने चरा ‘काँडे भ्याकुर’
विराटनगरमा समाचार लेखन र आचारसंहिता सम्बन्धी तालिम
गृहमन्त्रीमा फर्कने सुधन गुरुङको सङ्केत
पहिरोमा ६ खेलाडीको मृत्यु, राखेपले बनायो छानबिन समिति
इजरायलमाथि अमेरिकाको जासुसी आरोप
‘सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुन्छ, बेलायतको मध्यस्थता खोजेका होइनौं’
मोरङमा लागुऔषध ओसारपसारको अनौठो शैली : कन्डमभित्र राखेर मलद्वारमा लुकाइयो, दिसा गराएर निकालियो
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको
जफत गरिएका मोबाइल नष्ट गरिएको विरोधमा सिरहामा विद्यार्थीको प्रदर्शन 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.