एच–१बी भिसामा एक लाख डलर शुल्क लगाउने ट्रम्पको निर्णय खारेज

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २६, मंगलबार ०७:१०

काठमाडौं । एच–१बी भिसामा एक लाख डलर शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णय खारेज भएको छ ।

अमेरिकी संघीय न्यायाधीश लियो सोरोकिनले सोमबार एच–१बी भिसा आवेदनमा एक लाख डलर शुल्क लगाउने राष्ट्रपति ट्रम्पको निर्णय खारेज गरिदिएका हुन् ।

Advertisement

एच–१बी भिसा कार्यक्रममार्फत अमेरिकी कम्पनीहरूले उच्च दक्षता भएका विदेशी पेसागत कामदारहरूलाई रोजगारीका लागि अमेरिका ल्याउने गर्छन् ।

न्यायाधीश सोरोकिनले अध्यागमनसम्बन्धी यस्ता शुल्क वा करसम्बन्धी प्रावधान थप्ने वा परिवर्तन गर्ने अधिकार केवल अमेरिकी कंग्रेससँग रहेको र कार्यपालिकाले एकतर्फी रूपमा यस्तो निर्णय गर्न नसक्ने बताएका छन् ।

आफ्नो ४२ पृष्ठ लामो आदेशमा उनले लेखेका छन्, “एच–१बी आवेदनहरूमा कर वा अतिरिक्त शुल्क लगाउने राष्ट्रपतिसँग कुनै वैधानिक वा प्रत्यायोजित अधिकार थिएन ।”

तपाइको प्रतिक्रिया
एक रुपैयाँको सिक्कामा अब चुच्चे नक्सा, आकाश भैरवको चित्र पनि समेटिने
कंगोमा इबोला तीव्र रूपमा फैलँदै, १ सय जनाको मृत्यु
इबोला महामारी नियन्त्रणभन्दा बाहिर, १० हप्तामै १,३०० भन्दा बढीको मृत्यु
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
कोशीको सत्ता नयाँ मोडमा : हिक्मतकै निरन्तरता कि तिलकुमारको सम्भावना ?
गोली हानेपछि पक्राउ परे झुम्का कारागारका फरार कैदी
झापामा इलेक्ट्रिक स्कुटरको ठक्करबाट तीन महिला घाइते, एक जनाको अवस्था गम्भीर
यस्तो रहनेछ मौसम, कहाँ–कहाँ हुँदैछ वर्षा ?
४६ अर्बको पूर्वपश्चिम सडक धमाधम कालोपत्र
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
विराटनगरमा एमएससी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×