होर्मुज खोल्न अमेरिकासँग इरानको सर्त

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार ०७:३५

एजेन्सी । इरानले विश्वको ऊर्जा आपूर्तिका लागि रणनीतिक मानिने होर्मुज जलसन्धि खुला गर्न अमेरिकासँग केही सर्त राखेको छ ।

इरानले मध्यपूर्वमा जारी युद्ध अन्त्य र अमेरिकाले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने विषयलाई जलमार्ग खोल्ने निर्णयसँग जोडेको हो । इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफका अनुसार इरानका सन्देश र सर्तहरू मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष पुर्‍याइसकिएको छ ।

Advertisement

गालिबाफले युद्ध अन्त्यका विषयमा भइरहेको वार्तामा आफू मुख्य वार्ताकारका रूपमा संलग्न रहेको बताएका छन् । उनका अनुसार इरानले अघि सारेका सर्त पूरा नभएसम्म युद्धअघि कायम रहेको अवस्थातर्फ फर्किने र होर्मुज जलसन्धि खोल्ने सम्भावना नरहेको बताइएको छ ।

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलबाट भएको हमलापछि अमेरिका र इरानबीच तनाव थप चर्किएको हो । त्यसयता इरानले विश्वको तेल तथा ग्यास आपूर्तिका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्गमा कडा नियन्त्रण कायम राख्दै आएको छ ।

उता अमेरिकाले इरानका बन्दरगाह तथा अर्थतन्त्रलाई लक्षित गर्दै दबाब बढाइरहेको छ । लामो समयदेखि जारी गतिरोधबीच होर्मुज जलसन्धिको अवस्थाले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा समेत प्रभाव पार्ने चिन्ता बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×