अमेरिकी हमला, इरानको चेतावनी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २७, बुधबार ०९:३६

एजेन्सी । होर्मुज जलडमरूमध्य नजिक अमेरिकी लडाकु हेलिकोप्टर खसालिएको दाबीपछि अमेरिका र इरानबीचको तनाव फेरि बढेको छ ।

हेलिकोप्टर खसालिएको घटनाको प्रत्युत्तरस्वरूप अमेरिकाले इरानको केशम टापुमा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी हेलिकोप्टर खसालेको आरोप लगाउँदै त्यसको जवाफ दिइने बताएका थिए ।

Advertisement

त्यसलगत्तै केशम टापुमा विस्फोटको आवाज सुनिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । हालसम्म हमलाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन ।

अमेरिकी सेनाले होर्मुज क्षेत्र नजिक दुर्घटनाग्रस्त भएको हेलिकोप्टरका दुई चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको जनाएको छ । राष्ट्रपति ट्रम्पले पनि दुवै सैनिक सुरक्षित रहेको बताएका छन् ।

घटनापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत अमेरिका र उसका सहयोगीलाई चेतावनी दिँदै आवश्यक परे कडा जवाफ दिइने बताएका छन् । पछिल्ला दुई महिनादेखि कायम युद्धविराम कमजोर बन्दै गएका बेला यस घटनाले पश्चिम एसियामा पुनः व्यापक सैन्य द्वन्द्व चर्किने चिन्ता बढाएको छ ।

साथै, विश्वकै महत्वपूर्ण तेल तथा व्यापारिक मार्ग मानिने होर्मुज जलडमरूमध्य क्षेत्रको सुरक्षा अवस्थाप्रति पनि अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ ।

तपाइको प्रतिक्रिया
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
देवानगन्जका प्रहरी प्रमुख पनि जिम्मेवारीबाट हटाइए
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकिएको छः भारतीय विदेश मन्त्रालय
पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाहीको दाबी पेस
सुनसरी घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
प्रशासकीय अदालतमा मुद्दाको चाप ह्वात्तै बढ्यो
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×