समृद्ध प्रदेशका लागि युवा सहभागिताको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३०, शनिबार १५:०६
समृद्ध प्रदेशका लागि युवा सहभागिताको माग

विराटनगर । कोशी प्रदेश स्तरीय युवा सम्मेलनले नीतिगत निर्णयमा युवाको अर्थपूर्ण सहभागिताको माग गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका युवाहरूको सहभागितामा सम्पन्न प्रदेश युवा सम्मेलनले समृद्ध प्रदेश निर्माणका लागि युवाको अर्थपूर्ण सहभागिताको माग गरेको हो ।

विराटनगरमा जेठ २८ र २९ गते भएको सम्मेलनले युवाको सहभागिता, समृद्ध प्रदेशको आधार भन्ने संकल्प पनि पारित गरेको छ । सम्मेलनले युवा परिषद्लाई थप शक्तिशाली र स्रोतसाधन सम्पन्न बनाउन माग पनि गरेको छ ।

Advertisement

स्थानीय र प्रादेशिक योजना तर्जुमा प्रक्रियामा युवा नागरिक समाजको कम्तीमा २० प्रतिशत अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र युवालाई समेटेर बजेट निर्माण गर्नुपर्ने माग सम्मेलनले गरेको छ । सम्मेलनले किराँत, धिमाल, राजवंशी, सन्थाल, राई, लिम्बू लगायतका समुदायको परम्परागत सीप संरक्षणका लागि प्रादेशिक रैथाने ज्ञान र नवप्रवर्तन केन्द्र स्थापना गर्न पनि माग गरेको छ ।

युवा उद्यमीलाई प्रोत्साहन गर्न कर छुट, बिना धितो युवा नवप्रवर्तन ऋण र स्वदेशी उत्पादनको पेटेन्ट दर्तामा सहजीकरणको पनि माग गरेको छ ।

सम्मेलनले स्वास्थ्य क्षेत्रमा कुल बजेटको ५ प्रतिशत मानसिक स्वास्थ्यमा विनियोजन गर्न पनि माग गरेको छ । स्थानीय तहमा मनोपरामर्शदाता नियुक्त गर्न पनि माग गरेको छ । सम्मेलनले ‘कोशी प्रदेश सिएसओयस युथ फोरम’ को नयाँ नेतृत्व समेत चयन गरेको छ । फोरमको संयोजकमा युवा तिम्सिना र सहसंयोजकमा नेहा अग्रहरी चयन भएका छन् ।

 

तपाइको प्रतिक्रिया
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.