तेस्रो पथरीशनिश्चरे गोल्डकप हुँदै 

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार ०९:५१
तेस्रो पथरीशनिश्चरे गोल्डकप हुँदै 

विराटनगर । मोरङको पथरीशनिश्चरेमा ‘तेस्रो पथरीशनिश्चरे अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता असोजमा हुने भएको छ ।

पथरी–११ फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर असोज १७ गतेदेखि २६ गतेसम्म पथरीमा प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुमन विकले प्रतियोगिताले फुटबल खेलको विकास, खेलाडीको प्रतिभा प्रवर्द्धन तथा खेल पर्यटनलाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले प्रतियोगिता सफल बनाउन सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी, व्यवसायी र खेल प्रेमी सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

क्लबका सचिव केशर थुलुङले दुई वर्षदेखि निरन्तर रूपमा हुँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिँदै असोज १७ गतेदेखिको मिति तय गरी आयोजनाको तयारी थालेको बताए । उनका अनुसार प्रतियोगिता आयोजना गर्न करिब ८० लाख रुपैयाँ अनुमानित खर्च रहेको छ ।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेता टोलीले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । साथै, खेलाडीले ट्रफी, मेडल, विधागत पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×