भोजिन्हाको चमत्कारी प्रदर्शनले स्पेन अंक बाँड्न बाध्य

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार ०६:१०

अमेरिका । विश्वकप २०२६ को उपाधि दाबेदार मानिएको स्पेनले प्रतियोगिताको सुरुआतमै अप्रत्यासित नतिजा बेहोरेको छ । समूह ‘एच’ अन्तर्गतको खेलमा स्पेन नवप्रवेशी अफ्रिकी टोली केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

स्पेनको लगातार आक्रमण र गोलको अवसरलाई केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाले विफल पार्दै टोलीलाई ऐतिहासिक अंक दिलाए । खेलभरि उनले स्पेनका खतरनाक प्रहारहरू रोकेर उत्कृष्ट प्रदर्शन गरेपछि अन्तिम समयमा पुग्दा केप भर्डेका खेलाडीहरूले जित हासिल गरेझैँ खुसी मनाएका थिए । भोजिन्हाको उत्कृष्ट प्रदर्शनसँगै टोलीको अनुशासित, संयमित र रक्षात्मक खेल सम्झनलायक रह्यो ।

गोलरहित बराबरीपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन् । तर, प्रतियोगिताको प्रमुख उपाधि दाबेदारमध्ये एक मानिएको स्पेनका लागि यो नतिजाले समूह चरणको यात्रा थप चुनौतीपूर्ण बनाएको छ । अब स्पेनले समूह ‘एच’ मा साउदी अरेबिया र उरुग्वेविरुद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यही खेलमा स्पेनका युवा खेलाडी लामिन यामलले नयाँ कीर्तिमान पनि बनाए । १८ वर्ष ३३७ दिनको उमेरमा मैदान उत्रिएका उनी युरोपेली राष्ट्रकप २०२४ र विश्वकप २०२६ खेल्ने सबैभन्दा कम उमेरका युरोपेली खेलाडी बन्न सफल भए । यसअघि यो कीर्तिमान जुड बेलिङ्घमको नाममा रहेको थियो । उनले सन् २०२२ को विश्वकपमा १९ वर्ष १४५ दिनको उमेरमा पहिलो खेल खेलेका थिए ।

अर्कोतर्फ, ४० वर्ष १२ दिनका गोलरक्षक भोजिन्हाले स्पेनविरुद्धको प्रभावशाली प्रदर्शनसँगै विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडीहरूको सूचीमा आफ्नो नाम लेखाएका छन् । उनको प्रेरणादायी प्रदर्शनका कारण केप भर्डेले विश्व फुटबलको शक्तिशाली टोली स्पेनलाई अंक बाँड्न बाध्य पार्दै प्रतियोगिताको सुरुआतमै ठूलो सन्देश दिएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×