जोर्डनमाथि अष्ट्रियाको जित

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार १२:३४

अमेरिका । फिफा विश्वकप–२०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्को बे एरिया रंगशालामा बुधबार सम्पन्न खेलमा अष्ट्रियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो । खेलको २०औँ मिनेटमा रोमानो स्मिडले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा यही गोल निर्णायक बनेको थियो । तर, दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै जोर्डनले खेलमा फर्किने संकेत दियो । ५०औँ मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनका लागि बराबरी गोल गरेका थिए ।

बराबरीपछि दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि खेलको ७६औँ मिनेटमा जोर्डनका याजान अल अरबबाट भएको आत्मघाती गोलले अष्ट्रियालाई पुनः अगाडि बढायो । दबाबमा रहेको जोर्डन त्यसपछि खेलमा फर्किन संघर्षरत रह्यो ।

इन्जुरी समयतिर जोर्डनका एक खेलाडीको हातमा बल लागेपछि अष्ट्रियाले पेनाल्टीको अवसर पायो । अनुभवी फरवार्ड मार्को अर्नाउटोभिचले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीको जित सुनिश्चित गरे ।

यस जितसँगै अष्ट्रियाले समूह ‘जे’ मा तीन अंक जोडेको छ । समान तीन अंक भए पनि गोलअन्तरमा अगाडि रहेको अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने अष्ट्रिया दोस्रो स्थानमा छ । जोर्डन र अल्जेरिया भने पहिलो खेलपछि अंकविहीन अवस्थामा छन् ।

विश्वकप इतिहासमा अष्ट्रियाको यो आठौँ सहभागिता हो । अष्ट्रियाले सन् १९५४ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । त्यसपछि लामो समय विश्वकपबाट टाढिएको टोली सन् १९९८ पछि पहिलोपटक विश्वकपमा फर्किएको हो ।

यता, जोर्डनका लागि भने यो विश्वकप विशेष रह्यो । एसियाली राष्ट्र जोर्डनले इतिहासमै पहिलोपटक विश्वकपको अन्तिम चरणमा स्थान बनाएको हो । पहिलो खेलमा पराजित भए पनि टोलीले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा आफ्नो उपस्थिति दर्ज गराएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×