संघर्षपूर्ण पुनरागमनसँगै चार पटकको विश्व विजेता जर्मनी नकआउट चरणमा

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार ०६:१५

अमेरिका । चार पटकको विश्व विजेता जर्मनीले संघर्षपूर्ण प्रदर्शनका बीच आइभरी कोस्टमाथि २–१ को पुनरागमन जित निकाल्दै अन्तिम खेलअघि नै विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

इन्जुरी समयमा डेनिज उन्डाभले गरेको निर्णायक गोलले जर्मनीलाई महत्वपूर्ण तीन अंक दिलाएको हो । खेलको ३०औँ मिनेटमा आइभरी कोस्टका कप्तान फ्राङ्क केस्सीले गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा पछाडि परेको जर्मनीले बराबरी गोलका लागि लगातार प्रयास गरे पनि सफलता हात पार्न सकेको थिएन । आइभरी कोस्टले पनि दोस्रो हाफमा केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न असफल रह्यो ।

दोस्रो हाफमा जर्मनीका प्रशिक्षक युलियन नागेल्समानले बेन्चका खेलाडीलाई मैदानमा उतार्दै खेलको लय परिवर्तन गर्ने प्रयास गरे । उनको रणनीति निर्णायक सावित भयो । ६८औँ मिनेटमा वैकल्पिक खेलाडी नादिम अमिरीले दिएको उत्कृष्ट क्रसमा डेनिज उन्डाभले आकर्षक फिनिसिङ गर्दै जर्मनीलाई १–१ को बराबरीमा फर्काए ।

खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इन्जुरी समयको चौथो मिनेटमा उन्डाभले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाए । अन्तिम क्षणको गोलसँगै जर्मनीले अन्तिम ३२ मा स्थान पक्का गरेको हो ।

उन्डाभको उत्कृष्ट प्रदर्शन आइभरी कोस्टका लागि भने पीडादायी बन्यो । हार बेहोरे पनि आइभरी कोस्टको नकआउट चरण पुग्ने सम्भावना भने समाप्त भएको छैन । समूह चरणको अन्तिम खेलमा उसले कुरासाओसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि कुरासाओविरुद्धको उद्घाटन खेलमा जर्मनीले ७–१ को फराकिलो जित दर्ता गर्दा पनि उन्डाभले बेन्चबाट मैदान प्रवेश गर्दै एक गोल गरेका थिए भने दुई गोलका लागि अवसर सिर्जना गरेका थिए । लगातार दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गरेका उनले जर्मनीका लागि ‘सुपर सब’को भूमिकालाई पुनः प्रमाणित गरेका छन् ।

संघर्षपूर्ण अवस्थाबाट पुनरागमन गर्दै प्राप्त गरेको यो जितले जर्मनीलाई उपाधि दाबेदार टोलीका रूपमा थप आत्मविश्वास दिलाएको छ । जर्मनीको जितसँगै प्रशिक्षक नागेल्समानको रणनीतिक निर्णय सफल सावित भएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×