प्रदेशकाे खेलकुद : कोशीका १२ जिल्लामा एमाले– कांग्रेसबीच भागबन्डा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १८:४१

विराटनगर । काेशी प्रदेशकाे सत्तारुढ कांग्रेस र एमालेले प्रदेशका १२ जिल्ला खेलकुद विकास समितिकाे नेतृत्वमा भागवण्डा गरेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसले ६–६ जिल्लाको नेतृत्वमा भागवण्डा गरेका हुन् । यसअघि प्रदेश खेलकुद बोर्डको पदाधिकारी पनि भागवण्डाका आधारमा नियुक्त गरिएको थियो ।

जिल्ला खेलकुद विकास समितिको भागवण्डा गर्दा नेकपाले धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, इलाम र झापा गरी ६ जिल्लाको नेतृत्व पाएको छ । नेपाली कांग्रेसको भागमा सुनसरी, ओखलढुंगा, उदयपुर, तेह्रथुम, पाँचथर र भोजपुरको नेतृत्व परेको छ ।

Advertisement

एमालेतर्फबाट मनोजकुमार राई (धनकुटा), चन्द्रबहादुर थेबे (ताप्लेजुङ), लक्ष्मण लिङथेव (संखुवासभा), अर्जुन रोक्का (सोलुखुम्बु), यतिराज काफ्ले ‘सुमन’ (इलाम) र शेखर कर्णेल (झापा) नियुक्त भएका छन् ।

कांग्रेसतर्फबाट केशव कार्की (सुनसरी), अमृतबहादुर गुरुङ (ओखलढुंगा), सन्तोष मुक्ताङ (पाँचथर), दउप्रकाश राई (भोजपुर), धिरज खड्का (उदयपुर) र राजकुमार नेपाल (तेह्रथुम) नियुक्त भएका छन् ।

मोरङ र खोटाङ जिल्लाको नेतृत्वमा भने तत्काल फेरबदल भएको छैन । मोरङका वर्तमान अध्यक्ष इन्द्र लामा उच्च अदालतको आदेशबाट पुनर्वहाली भएका थिए । खोटाङका अध्यक्षमा रमेश राई छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.