एन्फा नेतृत्वलाई अदालतको हरियो संकेत

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार १८:३०
नेम्वाङविरुद्ध दायर भएको रिट खारेज 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा सदस्यहरूको विदेश भ्रमणमा लगाइएको रोक तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसका आधारमा अध्यागमन विभागले लगाएको यात्रा प्रतिबन्ध तत्काल लागू नगर्न आदेश जारी गरेको हो । राखेपको पत्रपछि अध्यागमन विभागले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईसहित अन्य पदाधिकारी र सदस्यहरूको विदेश यात्रामा रोक लगाएको थियो । त्यसविरुद्ध अध्यक्ष नेम्बाङ उच्च अदालत पुगेका थिए ।

Advertisement

अदालतले राखेपले विदेश भ्रमण रोक्न लेखेको पत्र तथा त्यससँग सम्बन्धित विभिन्न निकायबीच भएका पत्राचारसमेत हालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । एन्फामा संस्थागत आर्थिक अनियमितता भएको आरोपमा सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ । सोही अनुसन्धानलाई आधार बनाएर अध्यागमन विभागले पदाधिकारीहरूको विदेश यात्रा रोकेको थियो ।

यसअघि फिफा विश्वकपसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन विदेश जान लागेका अध्यक्ष नेम्बाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अध्यागमन कार्यालयले रोकेर फर्काएको थियो । अदालतले हरियो संकेत दिएसँगै उनीहरूको विदेश यात्रामाथि लगाइएको रोक तत्कालका लागि हटेको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×