शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार १८:३५
 शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

काठमाडौं । नेपालले १६ औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित ३ पदक जितेको छ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले समान १–१ रजत र कांस्य पनि जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीले जानकारी दिए ।

पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटर मुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए । महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जितिन् । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटर माथि पुकार शाक्यले कांस्य हात पारे । तीनै खेलाडीको यो ‘डब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

यो पदकसहित दक्षिण एसियाली शारीरिक सुगठनमा नेपालको कुल पदक संख्या १३ स्वर्ण, १७ रजत र २० कांस्य पुगेको छ । पहिलो संस्करणदेखि नै नेपाल नियमित सहभागी हुँदै आएको छ । यसअघिका ३ संस्करण नेपालमै भएको थियो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×