इन्जुरी समयमा मेरिनो चम्किँदा स्पेनले पोर्चुगललाई हरायो

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार ०६:३०

अमेरिका । इन्जुरी समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको डलास स्टेडियममा सम्पन्न राउन्ड अफ १६ अन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका थिए । खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिइरहेका बेला दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मेरिनोले फेरान टोरेसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै विजयी गोल गरेका हुन् ।

Advertisement

त्यही एक गोल स्पेनलाई अन्तिम आठमा पुर्‍याउन पर्याप्त बन्यो । खेलभर बल नियन्त्रण, आक्रमण र सट प्रहारमा पनि स्पेनले पोर्चुगलमाथि स्पष्ट दबाब बनाएको थियो ।

यस हारसँगै पोर्चुगलको विश्वकप यात्रा अन्तिम १६ मै टुंगिएको छ । अघिल्लो संस्करण अर्थात् सन् २०२२ को विश्वकपमा भने पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो ।

स्पेनका लागि भने यो उपलब्धि विशेष बनेको छ । सन् २०१० मा विश्व च्याम्पियन बनेपछि पहिलो पटक स्पेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । त्यसयता सन् २०१४ को विश्वकपमा स्पेन समूह चरणबाटै बाहिरिएको थियो भने सन् २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ चरणमै रोकिएको थियो ।

१६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउँदै स्पेनले उपाधि यात्रालाई थप मजबुत बनाएको छ ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×