‘मन्त्री नै हिँडेपछि कसलाई सुनाउने समस्या ?’ : खेलकुद सरोकारवालाको विरोध

Share this
828shares
मुलुकी खबर
पवन भण्डारी
clock२०८३ असार २३, मंगलबार २०:३१
मन्त्रीहरू भाषण सकेर बाहिरिएपछि खेलकुद सरोकारवाला आक्रोशित

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा आयोजना गरेको खेलकुद क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा मन्त्रीहरूको व्यवहारलाई लिएर सहभागीहरूले कडा आपत्ति जनाएका छन् । मन्त्रीहरूले आफ्नो मन्तव्य राखेर कार्यक्रम नसकिँदै बाहिरिएपछि सहभागी खेलकर्मी र निजी क्षेत्रका प्रतिनिधिहरू आक्रोशित बनेका हुन् ।

कार्यक्रममा कोशी प्रदेशका तीन मन्त्रीहरूको उपस्थिति थियो । सामाजिक विकास मन्त्री रामप्रसाद मेहता अध्यक्ष रहेको कार्यक्रमको प्रमुख अतिथि पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री इस्मायल अन्सारी विशिष्ट अतिथि रहेका थिए ।

Advertisement

कार्यक्रमको सुरुवातमै तीनै जना मन्त्रीले पालैपालो आफ्नो मन्तव्य राखेका थिए । मन्त्रीहरूको आफ्नो भनाइ सकिएसँगै सदन जानु पर्ने भन्दै कार्यक्रम स्थल छाड्न थालेपछि होहल्ला भएको थियो । सरोकारवालाका समस्या र सुझाव सुन्नुको साटो मन्तव्य राखेर मन्त्रीहरू कार्यक्रम स्थलबाट बाहिरिएपछि सहभागीहरूले होहल्ला गर्दै विरोध जनाएका हुन् ।

विराट गोल्ड कप फुटबल ट्रस्टका अध्यक्ष किशोर शाहीले मन्त्रीहरूको यस्तो व्यवहारप्रति सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘हामी हाम्रा समस्या, गुनासा र सुझाव सुनाउन यहाँ आएका हौँ । तर मन्त्रीज्यूहरू आफ्ना कुरा मात्र राखेर हिँड्नुभयो। अब हामीले हाम्रा कुरा कसलाई सुनाउने ? के यो केवल औपचारिकताका लागि मात्र गरिएको कार्यक्रम हो ?’

शाहीले खेलकुदको विकासका लागि निजी क्षेत्रसँग थुप्रै सुझाव र गुनासाहरू रहेको बताउँदै मन्त्रीहरूले सरोकारवालाका कुरा सुन्नका लागि धैर्यता देखाउनुपर्नेमा जोड दिए । शाहीको भनाइपछि कार्यक्रममा उपस्थित अन्य सहभागीहरूले पनि मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही बेर नाराबाजी र होहल्ला गरेका थिए ।

उनीहरूले कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री हिक्मतकुमार कार्की भनेर पत्र पठाएर सम्बन्ध नै नभएको र विभाग नै अलग भएका मन्त्रीलाई प्रमुख अतिथि बनाएर झुक्क्याउने भन्दै विरोध गरे । उनीहरूले यो बजेट सक्नका लागि औपचारिक कार्यक्रमको आयोजना गरेको आरोप लगाएका थिए । उनीहरूले वास्तविक खेलकुद क्षेत्रका समस्या सुन्ने र काम गर्ने सोच भएको भए मुख्यमन्त्री र सामाजिक मन्त्रीले कार्यक्रमलाई महत्त्व दिएर बस्नु पर्ने बताए ।

खेलकुद क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्व र निजी क्षेत्रका प्रतिनिधिहरूले अन्तरक्रियाको अर्थ दुई पक्षीय संवाद हुनुपर्नेमा मन्त्रीहरूले ‘एकतर्फी भाषण’ गरेर अपमान गरेको महसुस भएको बताए । कार्यक्रममा सहभागीहरूले आगामी दिनमा यस्ता कार्यक्रमहरूमा सरोकारवालाको आवाज सुन्ने वातावरण मिलाउन आयोजकको ध्यानाकर्षण समेत गराएका छन् ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×