‘मिसन– २०२६’ को तयारी तीव्र: खेलाडी र प्रशिक्षकलाई राखेपले दियो खेल पोसाक

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २६, शुक्रबार १८:३९
‘मिसन– २०२६’ को तयारी तीव्र: खेलाडी र प्रशिक्षकलाई राखेपले दियो खेल पोसाक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ‘मिसन– २०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकहरूलाई शुक्रबार खेल पोसाक (ट्रयाकसुटर पोसाक) प्रदान गरेको छ । जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदमा ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्यका साथ सञ्चालित प्रशिक्षणमा सहभागी १० खेलका टोलीलाई प्रोत्साहन स्वरूप पोसाक वितरण गरिएको हो ।

एक कार्यक्रमका बीच राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठ र सदस्य पवन शाहीले संयुक्त रूपमा पोसाक हस्तान्तरण गरे । यस पटक कराँते, बक्सिङ, महिला कबड्डी, महिला भलिबल, तेक्वान्दो, कुस्ती, जुडो, उसु, गल्फ र एथलेटिक्सका खेलाडी तथा प्रशिक्षकहरूलाई पोसाक प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष विशाल श्रेष्ठले विशेष तयारी प्रशिक्षण सुरु हुनु सकारात्मक पक्ष रहेको बताउँदै अब खेलाडीहरूले एसियाली खेलकुदमा आफ्नो क्षमता प्रमाणित गर्ने बेला आएको उल्लेख गरे । त्यस्तै, कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठले एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि खेलाडीहरूलाई शुभकामना दिए ।

हाङझाव एसियाडकी ऐतिहासिक रजत पदक विजेता कराँते खेलाडी एरिका गुरुङले लामो अवधिको प्रशिक्षणले खेलाडीहरूमा ऊर्जा थपेको र नयाँ आशा जगाएको बताइन् । ‘लामो समयको प्रशिक्षणले हामीलाई शारीरिक र मानसिक रूपमा सजिलो महसुस भएको छ, हामी एसियाली खेलकुदका लागि तयार छौँ,’ एरिकाले भनिन् ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टका अनुसार पारा तेक्वान्दो, पारा स्विमिङ, पारा एथलेटिक्स, पारा ब्याडमिन्टन र पारा पावरलिफ्टिङका खेलाडीहरूलाई यसअघि नै पोसाक वितरण गरिसकिएको छ ।

जापानमा हुने २० औँ एसियाली खेलकुदमा स्वर्ण पदकसहित दोहोरो अंकमा पदक हासिल गर्ने मुख्य उद्देश्यका साथ राखेपले २०८० साल माघ १५ गतेदेखि ‘मिसन– २०२६’ अन्तर्गत विशेष प्रशिक्षण अभियान सुरु गरेको थियो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×