श्रीप्रसाद र श्यामकुमारकाे गाेठबाट ठूलाे मात्रामा तस्करीका सामान बरामद

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २६, शुक्रबार २०:३३

विराटनगर । सशस्त्र प्रहरी बलले सुनसरीको कोशी गाउँपालिकाबाट साढे ६ लाख रुपैयाँ बराबरको अवैध किराना सामान बरामद गरेको छ । १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीको विशेष सूचनाका आधारमा खटिएको टोलीले ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको हो ।

शुक्रबार कोशी गाउँपालिका–१ बस्ने श्रीप्रसाद साह र श्यामकुमार यादवको ४ वटा गोठहरूमा खानतलासी गर्दा अवैध रूपमा भण्डारण गरिएका किरानाका सामान बरामद गरेकाे हाे ।

बरामद गरिएका सामानहरूमा चिनी, सुर्ती, लेज,पास्ता, हरियो मटर, मुसुरीको दाल,सरफ तथा कोकलगायतका विभिन्न सामग्री छन् । बरामद सामानको अनुमानित बजार मूल्य ६ लाख ५० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रबाट हुने चोरी, पैठारी, निकासी र अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सशस्त्र प्रहरीले चालु आर्थिक वर्ष २०८२/०८३ मा मात्रै सुनसरी क्षेत्रबाट ५ करोड २१ लाख ४३ हजार २०७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेकाे थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×