मोरङको जहदाबाट २१० किलो गाँजा बरामद

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार ०८:१२

विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदा भुटाहाबाट खटिएको संयुक्त टोलीले सोमबार राति ९ बजेतिर गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खटिएको टोलीले जहदा गाउँपालिका–१ नयाँ बस्तीस्थित धानबारीमा खोजतलास गर्ने क्रममा कालो प्लास्टिकमा प्याक गरेर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए ।

उनका अनुसार २१० किलो गाँजा बरामद भएको हो । बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्रले जनाएको छ ।

गाँजा कसले र कुन प्रयोजनका लागि उक्त स्थानमा लुकाएर राखेको थियो भन्ने यकिन छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नेपालबाट भारततिर लैजानलाई नेपाल–भारत सीमा क्षेत्रनजिक गाँजा भण्डारण गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×