अर्जेन्टिनाका खेलाडीले  विश्वकप क्वार्टर फाइनलमा किन बाँधे कालो पट्टी 

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार ०९:२८
अर्जेन्टिनाका खेलाडीले  विश्वकप क्वार्टर फाइनलमा किन बाँधे कालो पट्टी 

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टर फाइनलमा स्विट्जरल्यान्डविरुद्ध मैदान उत्रँदा अर्जेन्टिनाका सबै खेलाडीको हातमा देखिएको ‘कालो पट्टी’ ले धेरै फुटबल समर्थकहरूको ध्यान खिच्यो । यो कुनै खेल रणनीति नभई अर्जेन्टिनाको फुटबलका महान् हस्ती तथा पूर्वकप्तान एन्टोनियो उबाल्डो राट्टिनको निधनमा अर्पण गरिएको विशेष श्रद्धाञ्जली र सम्मान थियो ।

अर्जेन्टिना फुटबल संघले फिफासँग विशेष अनुमति लिएपछि कप्तान लियोनेल मेस्सीसहितका खेलाडीहरू कालो पट्टी बाँधेर मैदानमा प्रवेश गरेका हुन् । ८९ वर्षको उमेरमा गत जुलाई ११ मा मस्तिष्क घातका कारण राट्टिनको निधन भएको थियो । उनको निधनले अर्जेन्टिनाको फुटबल जगत् मात्र नभई विश्व फुटबल नै शोकमा डुबेको छ ।
एन्टोनियो राट्टिन अर्जेन्टिनाको फुटबल इतिहासमा सबैभन्दा प्रभावशाली मिडफिल्डरतमध्ये एक मानिन्छन् । सन् १९५९ देखि १९६९ सम्म राष्ट्रिय टोलीको जर्सीमा ३४ अन्तर्राष्ट्रिय खेल खेलेका उनले १९६२ र १९६६ को विश्वकपमा देशको प्रतिनिधित्व गरेका थिए । सन् १९६६ को विश्वकपमा उनले अर्जेन्टिनी टोलीको कप्तानीसमेत गरेका थिए ।

Advertisement

क्लब फुटबलमा उनले आफ्नो सम्पूर्ण व्यावसायिक करियर अर्जेन्टिनाको चर्चित क्लब बोका जुनियर्समा बिताए । उनले बोकाका लागि चार वटा लिग उपाधि जित्दै क्लबको इतिहासमा अमिट छाप छोडेका छन् ।
फुटबल इतिहासमा राट्टिनको नाम एउटा ऐतिहासिक घटनासँग जोडिएको छ, जसले खेलको नियम नै परिवर्तन गरिदियो । सन् १९६६ को विश्वकपमा इंग्ल्यान्डविरुद्धको क्वार्टर फाइनल खेलमा जर्मन रेफ्री रुडोल्फ क्राइटलाइनले भाषागत असमझदारीका कारण उनलाई मैदानबाट बाहिर पठाएका थिए ।

त्यसबेला अहिलेको जस्तो रातो वा पहेँलो कार्ड देखाउने प्रचलन थिएन, रेफ्रीले बोलेरै खेलाडीलाई निष्कासन गर्थे । सो घटनाले विश्वभर ठूलो विवाद निम्त्याएपछि फिफाले खेलाडी र रेफ्रीबीचको सञ्चारलाई स्पष्ट पार्न सन् १९७० को विश्वकपदेखि पहेँलो र रातो कार्डको प्रणाली लागू गरेको थियो ।

यसरी फुटबल खेलमा आधुनिक नियम स्थापित गर्न जग बसाल्ने उनै महान् खेलाडीको योगदानलाई कदर गर्दै स्विट्जरल्यान्डविरुद्धको खेल सुरु हुनुअघि पनि विशेष सम्मान व्यक्त गरिएको थियो । अर्जेन्टिनी खेलाडीहरूले मैदानमा देखाएको यो सम्मानले राट्टिनको फुटबलप्रतिको समर्पण र इतिहासलाई पुनः एक पटक विश्वसामु ताजा गराएको छ ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×