विश्वकपकाे सेमिफाइनल समिकरण पूरा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार ०९:५५

काठमाडौं । विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार बिहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल समिकरण पूरा भएकाे हाे ।

आइतबार इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाए । यही दुई टोली फाइनल प्रवेशका लागि भिड्नेछन् ।

इंग्ल्यान्डले एक गोलले पछि परेकाे  अवस्था उल्टाउँदै अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गरेको थियाे ।

साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

त्यसअघि दुई युरोपियन राष्ट्र फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलम स्थान बनाएको हो । स्पेनले बेल्जियमलाई २-१ ले हराउदै सन् २०१० पछि विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो ।

सेमिफाइनल पुग्ने चारै टिम पूर्व विजेता हुन् । साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक उपाधि जितेका छन् ।

पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालास स्टेडियममा हुनेछ । याे खेल नेपाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड र अर्जेन्टिना बीचको दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार अमेरिकाकै एटलान्ट स्टेडियममा पौने १ बजे सुरु हुनेछ ।  साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.