पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार १८:१८

विराटनगर । विराटनगर महानगरपालिका–१९ वैजनाथपुरस्थित खवास टोलमा रहेको पैनी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका–२ बस्ने अश्विन सरदारका ९ वर्षीय छोरा प्रिन्स सरदार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ११ः२० बजेतिर पैनीमा पौडी खेल्ने क्रममा उनी अचानक डुबेर बेपत्ता भएका थिए । बालक डुबेर बेपत्ता भएको खबर दिउँसो १२ः ३० बजेतिर प्राप्त हुनासाथ प्रहरी चौकी घिनाघाट र सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण मोरङ (टंकीसुनवारी) बाट खटिएको टोलीले खोजी कार्य सुरु गरेको थियो ।

Advertisement

प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा दिउँसो २ बजेतिर बालकलाई पानीबाट बाहिर निकालेको थियो । उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पठाइएकोमा चिकित्सकले जाँचपछि मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.