ठगी गरेको आरोपमा पूर्वमाओवादी कमान्डर पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १३:०८
वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा पूर्वमाओवादी कमान्डर पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले माओवादीका एक पूर्वलडाकु कमान्डरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौं बस्दै आएका ४६ वर्षीय लहानुराम चौधरी रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थानकोटबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार चौधरीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूबाट रकम असुली गरेको आरोप छ । उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ अनुमति जारी भएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो ।

पक्राउ परेका चौधरीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाउने तयारी भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.