पौडी टोली थाइल्यान्ड जाँदै

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १८:५३
पौडी टोली थाइल्यान्ड जाने

काठमाडौं । एसियाली उमेर समूह पौडी च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । जुलाई १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र १० महिला खेलाडीले नेपालीको चुनौती पेश गर्ने छन् ।

पुरुषमा आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, ईशान क्षेत्री तिवारी र रेवन्तबहादुर श्रेष्ठ रहेका छन् । महिलामा आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिशथा शाक्य, राज्भी सौम्य शाह, सम्यामी घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले छन् । खेलाडीले विभिन्न १ सय ८ स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

टोली प्रमुखमा राजु महर्जन, प्रमुख प्रशिक्षकमा सुदीप राजभण्डारी र प्रशिक्षकमा सुमन महर्जन रहेका छन् । टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले मंगलबार सिंहदरबारमा बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×