श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १५:४९
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 

विराटनगर । संखुवासभामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । घरायसी विवादका क्रममा श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेको प्रहरीले जनाएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका–७ स्थायी घर भई हाल मादी नगरपालिका–४ डाँडा गाउँ बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नी ४३ वर्षीया श्रीमती फूलमाया मुदेलको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार घरायसी विवाद चर्किएपछि शुक्रबार आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रयोग गरी श्रीमतीमाथि आक्रमण गरेका थिए । गम्भीर घाइते भएकी फूलमायाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
पातालगंगा सहकारी ठगी प्रकरण : अध्यक्ष खनाललाई ६ वर्ष कैद सजाय, परिवारका सदस्य दोषी ठहर
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’ : माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’: माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 
झापामा करेन्ट लागेर दुई युवकको मृत्यु
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 
काठमाडौंबाट धरान आउँदै गरेको बस दुर्घटना हुँदा ८ जना घाइते 
नयाँ समीकरणका लागि कांग्रेस-एमाले फकाउँदै नेकपा
२३ जिल्लामा राती सवारी चलाउन रोक
बागमती सरकारबाट बाहिरिँदै एमाले : ६ मन्त्रीले सामूहिक राजीनामा दिने
‘प्रदेश सरकारको अस्थिरतामा एमाले-कांग्रेस नै दोषी, प्रदेशसभा विघटनको हल्ला निराधार’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×