मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १६:१५
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 

विराटनगर । मोरङको कानेपोखरीबाट मन्दिरको सामानसहित प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ । कानेपोखरी गाउँपालिका–५ स्थित कानेपोखरी चोकबाट मन्दिरका बहुमूल्य सामग्रीहरू चोरी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मन्दिरका बहुमूल्य सामग्री मोरङको उर्लाबारी नगरपालिका–७ का ३१ वर्षीय दिवस दर्जी, २६ वर्षीय विवेक विश्वकर्मा र १८ वर्षीय अर्जुन दर्जीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

Advertisement

उनका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरीको टोलीले नियमित चेकिङका क्रममा शंका लागि सोधपुछ गर्दा उनीहरूको साथबाट चोरीका सामानसहित चोरीमा प्रयोग हुने औजारहरू बरामद गरेको हो ।

उनीहरूको साथबाट मन्दिरबाट चोरी गरिएका र चोरीमा प्रयोग गरिएका निम्न सामग्रीहरू बरामद गरेको छ । को ३४ प ५७७९ नम्बरको स्कुटर, नगद ६६५ रुपैयाँ, तामाको कलश ६० थान, तामाको दियो ४६ थान र घण्टी १२ थान, ढकी डलर ६२ थान र तामाको थाली ३ थान, ताला फुटाउन प्रयोग गरिने फलामको रड, हम्बर र पिलास उनीहरूको साथबाट बरामद भएको प्रहरीले जनाएको छ । ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले सावायोहाङ किराँत महिम मन्दिरबाट चोरी गरेको खुलेको डीएसपी मिश्रले बताए । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर घटनाकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
पातालगंगा सहकारी ठगी प्रकरण : अध्यक्ष खनाललाई ६ वर्ष कैद सजाय, परिवारका सदस्य दोषी ठहर
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’ : माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’: माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 
झापामा करेन्ट लागेर दुई युवकको मृत्यु
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 
काठमाडौंबाट धरान आउँदै गरेको बस दुर्घटना हुँदा ८ जना घाइते 
नयाँ समीकरणका लागि कांग्रेस-एमाले फकाउँदै नेकपा
२३ जिल्लामा राती सवारी चलाउन रोक
बागमती सरकारबाट बाहिरिँदै एमाले : ६ मन्त्रीले सामूहिक राजीनामा दिने
‘प्रदेश सरकारको अस्थिरतामा एमाले-कांग्रेस नै दोषी, प्रदेशसभा विघटनको हल्ला निराधार’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×