जनप्रतिनिधिका ९५ पद रिक्त : स्थानीय तहमा उपनिर्वाचन नहुने, प्रदेशमा अन्याेल

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ साउन ३, आइतबार १५:३६

काठमाडौं । मुलुकभर राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी जनप्रतिनिधिका ९५ पद रिक्त भएका छन् । निर्वाचन आयोगका अनुसार ७५ स्थानीय तह, १९ प्रदेश सभा र राष्ट्रिय सभाको १ पद खाली भएकाे हाे ।

स्थानीय तहका ७५ रिक्त पदमा अब उपनिर्वाचन नहुने निश्चित भएको छ । कानुनअनुसार कार्यकाल एक वर्षभन्दा कम बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्न मिल्दैन । २०७९ मा निर्वाचित जनप्रतिनिधिहरूको पदावधि २०८४ वैशाखमा सकिने भएकाले ती पदहरू आगामी निर्वाचनसम्म रिक्त नै रहनेछन् ।

प्रदेश सभाका १९ पद रिक्त छन् । कार्यकाल ६ महिनाभन्दा बढी बाँकी रहेकाले त्यहाँ उपनिर्वाचन हुनुपर्ने कानुनी व्यवस्था छ, तर सरकार र आयोगले अहिलेसम्म मिति तोकेका छैनन् ।

राष्ट्रिय सभामा सुदूरपश्चिमबाट निर्वाचित एक सदस्य र राष्ट्रपतिबाट मनोनीत एक गरी दुई पद पनि रिक्त छन् ।

आयोगले राष्ट्रिय सभाको रिक्तताबारे सरकारलाई जानकारी गराइसकेको छ । निर्वाचन आयुक्तहरूको नियुक्ति र सरकारी प्रक्रियाका कारण उपनिर्वाचनको मिति तय हुन ढिलाइ भएको आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.