खुकुरी प्रहार गरी महिलाको हत्या 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार १३:२८
खुकुरी प्रहार गरी महिलाको हत्या 

काठमाडौं । रौतहटको गुजरा नगरपालिकामा–५ हरिहरपुरमा शुक्रबार बिहान एक जना महिलाको खुकुरी प्रहार गरी हत्या गरिएको छ ।

स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती ४५ वर्षीया रेनु देवी जयसवालको खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

शुक्रबार बिहान १०ः३० बजेतिर बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही घर भई हाल गुजरा–५ हरिहरपुर बस्ने ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनु देवीमाथि धारिलो हतियार (खुकुरी) प्रहार गरेको प्रहरीले जनाएको छ ।

कलवारले प्रहार गरेको खुकुरीबाट रेनु देवीको शरीरका विभिन्न भागमा चोट लागेको र अत्यधिक रक्तस्रावका कारण उनले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलाको हत्या भएपछि आक्रोशित बनेका स्थानीयले आरोपी उपेन्द्रलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेपछि घाइते भएका छन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि चन्द्रनिगाहपुरको चन्द्रपुर अस्पताल लगेको छ ।

रेनु देवीको हत्याको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा रिसइबीका कारण हत्या भएको हुनसक्ने अनुमान गरेको छ ।

घटनालगत्तै प्रहरी टोलीले घटनास्थललाई सुरक्षित गर्दै अनुसन्धान थालेको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएर घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×