अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार १७:४७
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित

काठमाडौं । काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४७ जना विदेशी महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै विशेष अपरेसनका क्रममा पक्राउ परेका ५७ विदेशी महिलामध्ये ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला गरिएको जानकारी दिएको हो ।

परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार निष्कासित गरिएका महिलाहरू युगान्डा, भियतनाम, थाइल्यान्ड, बंगलादेश, केन्या र इन्डोनेसिया लगायतका देशका रहेका छन् । पक्राउ परेका बाँकी १० जनामाथि भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

ठमेल र दरबारमार्ग जस्ता पर्यटकीय क्षेत्रमा विदेशी नागरिकहरू अनैतिक गतिविधिका लागि आउने गरेको गुनासो बढेपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो । ‘केही विदेशी नागरिकले नेपालमा सस्तो जीवनयापन र रात्रिकालीन गतिविधिको अवसर रहेको भन्दै यस्ता गलत क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ,’ एसपी भट्टराईले भने ।

पत्रकार सम्मेलनमा प्रहरीले अनलाइन बेटिङ (जुवा) सम्बन्धी गतिविधिमा संगठित गिरोह सक्रिय रहेको र त्यसमाथि कडा निगरानी बढाइएको जानकारी दिएको छ । बेटिङमार्फत संकलित रकम अवैध हुण्डी र क्रिप्टोकरेन्सीमार्फत विदेश पठाउने गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ । हाल प्रहरीले बेटिङ वेबसाइटहरूको निगरानी गर्नुका साथै यसमा संलग्न नेटवर्क र आर्थिक कारोबारको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

यसैगरी, सार्वजनिक सेवा प्रवाह हुने सरकारी कार्यालयहरूमा सर्वसाधारणलाई दुःख दिने र अवरोध पुर्‍याउने बिचौलियाविरुद्ध पनि प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको छ । काठमाडौं प्रहरीले हालसम्म ३०९ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६१ जनामाथि मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको एसपी भट्टराईले जानकारी दिए ।

पर्यटकीय क्षेत्रको सुरक्षा र मर्यादा कायम राख्न तथा अवैध आर्थिक कारोबार र बिचौलियाको जालो तोड्न प्रहरीले आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

तपाइको प्रतिक्रिया
राजदूत नियुक्तिमा ढिलाइ, पुरानैलाई थप जिम्मेवारी
पहिरोले जिप पुरिँदा १३ जनाको मृत्यु
भारत पुगे प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र मन्त्रालयले भन्यो, ‘औपचारिक जानकारी छैन’
सीमामा शरणार्थी चुनौती
सीमामा अब सादा टोली
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा, सभामुखले सम्हाल्नेछन् कार्यभार
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
नेपालको उद्योग क्षेत्रमा लगानी गर्न स्वीट्जरल्याण्ड इच्छुक
नेपालको उद्योग क्षेत्रमा लगानी गर्न स्वीट्जरल्याण्ड इच्छुक
विराटनगरमा गोलाप्रथाद्धारा कर्मचारी सरुवा : वडाध्यक्षहरु असन्तुष्ट, हाजिरीमा रोक
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न दबाब, व्यवस्थापन समितिले थमायो पत्र
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न दबाब, व्यवस्थापन समितिले थमायो पत्र
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×