झापाको बुद्धशान्तिमा खुला हाफ म्याराथन हुँदै

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १३:४१

बिर्तामोड । झापाको बुद्धशान्तिमा आयोजना हुने खुला हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बर्खा स्मृति प्रतिष्ठानको आयोजनामा साउन १९ गते हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुकले अनलाइन फाराम भर्ने म्याद आज साउन १० गतेसम्म राखिएको छ ।

एथलेटिक्स खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले बुद्धशान्तिमै पहिलोपटक यो हाफ म्याराथन आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले बताए । प्रतिष्ठानले यसअघि दुई संस्करण अन्तरपालिका जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको भए पनि यसपल्ट खेल मैदानको अभावका कारण हाफ म्याराथन आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

२१ किलोमिटर दूरीको यो प्रतियोगितामा नेपाल र भारतका गरी कम्तीमा ४ सय जना धावक सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ । प्रतियोगिता बुद्धशान्ति गाउँपालिकाको प्राङ्गणबाट सुरु भई पुलचोकस्थित हडियाको पुल, उत्तरपूर्वबाट बुद्धशान्ति-४ मङ्गलबारे, मदन भण्डारी राजमार्ग हुँदै बुद्धशान्ति-१ नमुना भोटेटार चोक, होक्से चोक, जयपुर र बुधबारे चोक भएर पुनः गाउँपालिका प्राङ्गणमै पुगेर टुंगिनेछ ।

प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी दोस्रो हुनेले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँ हुनेले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । विजयी धावकहरूलाई आयोजकका तर्फबाट एक वर्षका लागि जीवन बीमा समेत गरिदिने व्यवस्था मिलाइएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×