कप्तानगन्जमा प्रहरीकाे गाेली लागेर मृत्यु भएका युवकको पहिचान खुल्याे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार ०४:०८

विराटनगर । सुनसरीको कप्तानगन्जमा सशस्त्र प्रहरीकाे गाेली लागेर मृत्युु भएका युवककाे पहिचान खुलेको छ ।

मृतक देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहता रहेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार गाेली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्युराे अस्पताल पुर्याउनसाथ आइतबार राति ११:२५ बजेतिर चिकित्सकले मृत घाेषणा गरिदिएका हुन् ।

Advertisement

दुई समूहबीच उत्पन्न विवाद बढेर झडपमा परिणत हुँदै हिंसात्मक रुप लिँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गाेली चलाएको थियाे । गाेली लागेर १० जना घाइते भएका थिए । घाइतेमध्ये ओमप्रकाशकाे मृत्यु भएको हाे ।

अरु घाइतेको विराटनगरकै न्युराे, विराट नर्सिङ, नाेबेल मेडिकल कलेज लगायतका अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए । उनका अनुसार घाइतेमध्ये केहीकाे अवस्था गम्भीर छ । उपचाररत घाइतेहरुको नाम खुल्न बाँकी छ ।

प्रत्यक्षदर्शीका अनुसार युवाहरुकाे एउटा समूह डिजे बजाउँदै रमाइलो गरेर साउने साेमबारकाे बाेलबमका लागि सप्तकोसी नदीतर्फ जाने तयारीमा थियाे । तर, अर्को समूहले रातकाे समयमा डिस्टर्ब भएको भन्दै निहु खाेजेर अवराेधकाे प्रयास गरेपछि दुई पक्षीय विवाद सुरु भएको हाे ।

स्थानीय रास्वपा नेता अमरेश मेहताका अनुसार आइतबार राति करिब ९ बजेतिर दुई पक्षबीच सामान्य विवाद सुरु भएको थियाे । पछि विवाद उग्र बन्दै गएर एकअर्कामा आक्रमण, आगजनी र ताेडफाेड हुन थालेको उनले बताए ।

प्रहरी घटनास्थल पुग्दा अवस्था नियन्त्रणबाहिर गइसकेको मेहताकाे भनाइ छ । नेपाल र सशस्त्र प्रहरीकाे संयुक्त टाेली पुग्दा व्यक्तिका घर, मेडिकल ताेडफाेड तथा सवारीसाधनमा धमाधम आगजनी भइरहेको थियाे । दुई पक्षीय झडप जारी थियाे । स्थिति तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मीले गाेली चलाउनु परेकाे निष्कर्ष जिल्ला सुरक्षा समितिकाे आकस्मिक बैठकले निकालेकाे छ ।

परिस्थिति काबुभन्दा बाहिर गएपछि सुनसरी सदरमुकाम इनरुवामा जिल्ला सुरक्षा समितिकाे आकस्मिक बैठक बसेकाे थियाे । घटनाकाे विस्तृत विवरण भने आउन बाँकी नै छ ।

तपाइको प्रतिक्रिया
सुनसरीमा झडप : यी हुन् घाइते
कप्तानगन्जमा प्रहरीकाे गाेली लागेर मृत्यु भएका युवकको पहिचान खुल्याे
कप्तानगन्ज घटना अपडेट : प्रहरीकाे गाेली लागेर घाइते हुनेकाे संख्या ९ पुग्याे
सुनसरीकाे कप्तानगन्ज तनावग्रस्त : प्रहरीको गाेली लागेर एक जनाकाे मृत्यु, दुई जना घाइते
स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ
मोरङमा मोहीको नाम लुकाएर जग्गा कारोबार, २४ घण्टामै १ करोड ३० लाख ऋण प्रवाह !
मोरङमा शिक्षकको कुटपिटबाट विद्यार्थीको कानको जाली फुट्यो
सिंगो गाउँ पहिरोको जोखिममा, विस्थापित हुन थाले स्थानीय
११ करोड काण्डमा अख्तियारको अनुसन्धान
कारभित्र मृत भेटिएकी रश्मीले आत्मदाह गरेको प्रहरी निष्कर्ष
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×